नेप्सेमा ६ लाख ४० हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार विजय लघुवित्तको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

विजय लघुवित्तको २०७९ चैत २८ गते सम्पन्न भएको १० औं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो ।

साधारण सभाका लागि गरिएको बुकक्लोज अनुसार उक्त बोनस सेयर २०७९ चैत १५ गतेसम्म नेप्सेमा सेयर करोबार भई कायम रहेका लगानीकर्ताहरुले मात्र पाउनेछन् । कम्पनीले चैत १६ गते बुकक्लोज गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।