एनआईसी एशिया लघुवित्तले आईपीओ निष्काशन गर्ने , कपिल ढकाल अध्यक्ष चयन

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंककोे सहायक कम्पनी हो ।

सोमबार ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले आव २०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात आइपीओ निष्काशन गर्ने निर्णय गरेको हो।

यस्तै सभाले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् ।

ढकालले मंगलबार नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

यस लघुवित्त वित्तीय संस्थाले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।