प्रभु महालक्ष्मी लाइफले साउन १ गतेबाट १५ बीमा योजनाहरु ल्याउने

0
Shares

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्योरेन्स गाभिएर बन्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साउन १ गतेबाट १५ वटा बीमा योजनाहरु सार्वजनिक गर्ने भएको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ चालु आर्थिक बर्षभित्र मर्जर भई एकिकृत कारोबार संचालनको तयारीमा छन । दुवै कम्पनीले एकिकृत कारोबार सुरु हुन अगावै साउन १ गतेबाट संचालनमा ल्याउने बीमा लेखको छनौट गरेका हुन ।

नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबारपछि प्रचलनमा ल्याउन ती योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको दुई संस्थाद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याइने कम्पनीले जनाएको छ।

कम्पनीले सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु प्रचलनमा रहेने दुबै संस्थाका प्रमुख कार्यकारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।