दिब्यश्वरी हाईड्रोपावरले ऋण तिर्न शतप्रतिशत हकप्रद बेच्ने, मेगा क्यापिटल बिक्री प्रबन्धक


दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडकको शतप्रतिशत हकप्रद मेगा क्यापिटलले निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनका लागि मेगा क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीको २०८० असार १० गते बसेको सञ्चालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । हकप्रद निष्काशनको निर्णयसँगै कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । दुई संस्थाका बिच २०८० असार १० गतेसम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा मेगा क्यापिटलका का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेल तथा दिब्यश्वरी हाइड्रोका अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।

अहिले कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ५२ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभाले पारित भएपछि धितोपत्र बोर्डसँग अन्तिम स्वीकृति माग्नेछ । बोर्डको स्वीकृति पश्चात मात्र सेयर निष्काशन हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।