तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले एक बराबर एक अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८ औं बैठकले हाल कायम चुक्ता पुँजी बराबर नै हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।उक्त हकप्रद सेयर नियमनकारी निकायको पूर्व स्वीकृति तथा साधारण सभाबाट पारित गरेर प्रकृया अगाडि बढाइने उल्लेख छ ।

हाल ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको तेह्रथुम पावर कम्पनीको प्रस्तावित हकप्रद सेयर जारी पश्चात ८० करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

हकप्रद बिक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवद्र्धित क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगवाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

प्रस्तावित हकप्रद शेयर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि नियामक निकायहरूले स्वीकृति दिएमा मात्र निष्कासनमा आउनेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ६८ लाख रुपैयाँ आम्दानी गर्दा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानीमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।