लुम्बिनी विकास बैंकले प्रस्ताव गर्यो गत आर्थिक बर्षको लाभांश

0
Shares

लुम्बिनी विकास बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ छ । जस अनुसार बैंकले ३८ करोड ८० लाख बराबर नगद तथा १२ करोड ९३ लाख बराबरको बोन शेयर वितरण गर्नेछ । बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ७१ करोड नाघ्ने छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १७.०७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।