हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको ९ महिनाको आम्दानी १ अर्ब बढी

0
Shares

रेसीडेन्सीयल र कर्मेशियल भवनहरुको निर्माणमा सक्रिय रहेको हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ७ करोड ६० लाख आम्दानी गरेको छ ।

गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड आम्दानी गरेको कम्पनीको आम्दानी चालु आवमा क्रमिक रुपमा घटेको हो । गत वर्षको १ वर्षको आम्दानीलाई आधार मानी चालु आवको ९ महिनाको आम्दानी तुलना गर्दा कम्पनीको आम्दानी ११.४४ प्रतिशतले घटेको हो ।

तुलनात्मक रुपमा कम्पनीको आम्दानीमा गिरावट आएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा बढेको हो । गत आवमा सो नाफा कुल सञ्चालन आम्दानीको ४.५ प्रतिशत थियो भने चालु आवको ९ महिनामा सो नाफा ७.७ प्रतिशत रहेको छ ।

सन् १९८५ मा स्थापना भएको कम्पनीले रेसीडेन्सीयल र कर्मेशियल भवनहरुको निर्माणका लागि ‘क’ वर्गमा सूचित भएको निर्माण कम्पनी हो । कम्पनीले निर्माणका साथै डिजाइन, रिनोभेसन, मेन्टेनेन्स जस्ता सेवा समेत सञ्चालनमा ल्याएको छ।

कम्पनीका मुख्य ग्राहक बैंक, होटल, अन्तराष्ट्रिय संघ, संस्था रहेका छन् । जसकारण कम्पनीको आम्दानीमा सकरात्मक प्रभाव पारेको छ । हालसम्म कम्पनीले ३०० बढी परियोजना सम्पन्न गरिसकेको छ ।

कम्पनीले थापाथली रहेको परोपकार प्रसुति गृहको डिजाइन तथा निर्माण गरेको थियो । कम्पनीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न भवनहरुको निर्माण गर्दै आएको छ।

कम्पनीका संस्थापक झनक दत्त खनाल हुन् भने उनी नै कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका छन् । कम्पनीले १ अर्ब ६१ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ५ करोड बराबरको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले ट्रिपल बी माइन्स र १ अर्ब ५६ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।