सुनको भाउ यो साता पनि घट्यो

0
Shares

सुनको भाउमा यो साता पनि गिरावट आएको छ । गत साता तोलामा २ हजारले घटेको सुनको भाउमा यो साता भने २०० रुपैयाँ मात्र घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ ओरालो लागेसँगै स्थानीय बजारमा सुनको भाउमा लगातार गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता छापावाला तोलामा २०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा झरेको छ । गत साताको शुक्रबार १ लाख ९ हजार ८०० रुपैयाँमा काराबोर भएको थियो ।

यस्तै अघिल्लो साता असार ८ गते शुक्रबार १ लाख ९ हजार ३०० मा कारोबार भएको तेजावी सुनको भाउ पनि हिजो असार १५ गते शुक्रबारसम्म आइपुग्दा १ लाख ९ हजार १०० रुपैयाँमा झरेको छ ।

यता यो साता आज चाँदीको भाउ भने २५ रुपैयाँले महङ्गिएको छ । गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ यो साताको अन्त्यमा १ हजार ३६० रुपैयाँ पुगेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१९ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ कुन दिन के भयो ?

गत साताको शुक्रबार १ लाख ९ हजार ८०० रुपैयाँमा काराबोर भएको सुन आइतबार तोलामा ४०० रूपैयाँ र सोमबार र मंगलबार पनि तोलामा २००-२०० रुपैयाँले महङ्गिएको थियो । तीन दिनमा ८०० रुपैयाँले बढेको सुनको भाउ बुधबार र बिहीबार तोलामा ६००–६०० रुपैयाँले घटेको थियो । शुक्रबार भने सुनको भाउ पुनः तोलामा २०० रुपैयाँले बढेको थियो ।

साताका ६ दिन सुनको भाउ तोकिने गरेकोमा चार दिनमा एक हजारले भाउ बढ्दा दुई दिन बुधबार र बिहीबार भने तोलामा ६०० रूपैयाँका दरले एक हजार दुई सय रुपैयाँले घटेको थियो । यो साता छापावाला तोलामा २०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा झरेको छ । 

यता शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा कारोबार भएको चाँदीकाे भाउ आइतबार १५ रुपैयाँ, सोमबार १५ रुपैयाँ र मंगलबार १० रुपैयाँले बढेको हो । बुधबार स्थीर रहेको भाँदी बिहीबार तोलामा ५ रुपैयाँ र शुक्रबार १० रुपैयाँले घटेको छ । समग्रमा ४० रुपैयाँले बढेको चाँदी १५ रुपैयाँले घटेपछि २५ रुपैयाँले वृद्धि भएको हो । चाँदीको भाउ यो साताको अन्त्यमा १ हजार ३६० रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गरेको छ । शनिबार बाहेक हप्ताको ६ दिन सुन चाँदीको भाउ निर्धारण हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।