एनसीसी बैंकले ३ अर्ब बराबरको डिबेन्चर जारी गर्ने

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ३ अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ।

बैंकले दश बर्ष अवधिको ‘१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ निकाष्शन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कूल ३० लाख कित्ता डिबेन्चरमध्ये १८ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गर्ने बैंकले जनाएको छ ।

उक्त कार्यको लागि २०७६ साल मंसिर २५ गते नेपाल क्रेडिट एण्ड कमर्स बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौता गरे ।