बैंकहरुमा ९ अर्ब निक्षेप थपिदा ५ अर्ब कर्जा विस्तार

0
Shares

मंसिरको दोस्रो साता बैकिङ प्रणालीबाट चार अर्ब निक्षेप घटेकोमा तेस्रो साता भने ९ अर्ब थपिएको छ ।

निक्षेप घट्दा समेत आक्रमक रुपमा कर्जा प्रवाह गरेका बैंकहरुले कर्जा प्रवाहलाई भने निरन्तरता दिएका छन् । मंसिरको तेस्रो साता बैंकहरुमा ९ अर्ब निक्षेप थपिएको छ भने ५ अर्ब कर्जा परिचालन गरेका छन् । मंसिरको दोस्रो साता बैंकहरुबाट चार अर्ब निक्षेप घट्दा ७ अर्ब कर्जा प्रवाह गरेका थिए।

चालु आर्थिक वर्षको सुरु भएयता बैंकहरुले एक खर्ब दश अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन्।

चालु आर्थिक वर्षको मंसिर २० गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।