पोखरा फाइनान्सले लाभांश पारित गर्नुका साथै मर्जरमा जाने प्रस्ताव राखेर पुस १८ गते साधारण सभा बोलाएको छ ।
फाइनान्सले साधारण सभामा ७ प्रतिशत बोनस शेयर तथा र प्रयोजन सहित ७.२० प्रतिशत नगद गरी कुल १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लग्दैछ। फाइनान्सको साधारण सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरा कास्कीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
फाइनान्सले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा राख्नेछ ।
साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्दैछ । पुस ३ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।










प्रतिक्रिया