प्रभु महालक्ष्मी लाइफमा सात सञ्चालक समिति चयन

0
Shares

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ ।

सात सदस्यिय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएको हुन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।

विसं २०७९ असार ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यिय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो । स्वतन्त्र सञ्चालकको मनोनयन एकीकृत कारोबारपछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ ।

सञ्चालक समितिको अध्यक्षको हकमा एकिकृत कारोबारपछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको जानकारी गराउँदछौं ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।