लक्ष्मी बैंक र सनराइज बैंकले आगामी बिहीबार देखि संयूक्त कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृत दिँदै लक्ष्मी सनराइको नामबाट एकिकृत कारोबार गर्न अनुमती दिएको हो ।
केन्द्रीय बैंकले सनराइज बैंकमा ‘भाइरस’ को रुपमा रहेका मोति दुगडलाई बाहिर राख्दै नयाँ संस्थाको सञ्चालन अनुमती दिएको छ । बैंकले अन्तिम स्वीकृती पत्रमा अयोग्यलाई सञ्चालक नबनाउन उल्लेख गर्दै पत्राचार गरेको स्रोत जनाकारी दियो । मोती दुगडले लक्ष्मी बैंकबाट ३ अर्ब कर्जा लिएका छन ।
बैंक तथा वित्तीय संस्था ऐन अनुसार कर्जा लिएको व्यक्ति सोही संस्थाको सञ्चालक बस्न पाउदैन । केन्द्रीय बैंकले पनि सोही कानुनी व्यवस्थालाई टेकेर सनराइज बैंक विगार्ने मोती दुगडलाई बाहिर राख्न अप्रत्यक्ष रुपमा निर्देशन दिएको हो ।
“केन्द्रीय बैंकले लक्ष्मी सनराइको नाममा आगामी बिहीबार देखि एकिकृत कारोबार गर्ने अनुमती दिएको छ,” स्रोतले भन्यो, “मोती दुगडले सनराइज बैंकभन्दा पनि आफु अध्यक्ष हुने स्वार्थका लागि गरेका काम सबै असफल भएका छन ।” दुगडले आफु अध्यक्ष हुनका लागि साधारणसभामा आफु सञ्चालकको रुपमा जाने प्रस्ताव गरेका थिए भने लक्ष्मी बैंकको तर्फबाट बहुमत सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रहने सहमती गरेका थिए ।
साढे २१ अर्ब पुँजी, ७ सञ्चालक र ३ हजार बढी कर्मचारीसहित यस्तो हुनेछ ‘लक्ष्मी सनराइज बैंक’
दुगडको गतिविधि संङ्कास्पद भएपनि सनराइज बैंकका ४ जना सञ्चालकले संयुक्त रुपमा गत असार १० गते अविश्वासको प्रस्ताव गरेका थिए । सो निवेदनको पनि हदम्याद १५ दिन हुने हुँदा संयुक्त कारोबार पछिको बोर्ड बैंठकमा समेत उक्त विषयमा कुरा उठ्ने सम्भावना उत्तिकै छ ।
दुगड नयाँ बन्ने लक्ष्मी सनराइज बैंकको सञ्चालक हुनका लागि केन्द्रीय बैंकको सहमती लिनु पर्ने हुन्छ । त्यसका साथै उनले लक्ष्मी बैंकमा रहेको ३ अर्बको कर्जा अन्य संस्थामा सिफ्ट गर्नु पर्ने हुन्छ । कर्जा सिफ्ट गर्नका लागि पनि अहिलेको अवस्थाले त्यती सहज देखिदैन ।
‘लक्ष्मी सनराइज’ बैंकको सञ्चालक समितिमा लक्ष्मीबाट रमन नेपाल, मनिस थापा र स्वाति रुगटा रहनेछन । त्यसैगरी सनराइज बैंकबाट बच्चराज तातेड र मालचन्द्र दुगड नयाँ सञ्चालक समितिको सदस्यामा रहनेछन् ।
दुवै बैंक एक बराबर एकको समान हैसियतमा एक आपसमा मर्जरमा गएका हुन् ।
प्रतिक्रिया