वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्बन्धी सम्झौता


काठमाडौँ । पोखरा महानगरपालिका–३१ स्थित वेगनासताल किनारमा रहेको वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा तिनका परिवारजनले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा खाना र आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण बेगनासताल अवलोकन गर्ने ग्राहकहरूले अब स्वादिलो भोजनका साथै आरामदायक आवास सेवा पनि विशेष छुटमा पाउने सुविधा प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार, प्रभु बैंक तालचोक शाखाका कर्मचारी, उनीहरूका परिवार सदस्यहरू तथा बैंकका अधिकृत ग्राहकहरूले छुट सुविधा उपभोग गर्न सक्नेछन् । सम्झौता–पत्रमा रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र प्रभु बैंक लिमिटेडको तर्फबाट तालचोक शाखाका प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।