अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई आग्रह

0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष९आईएमएफ० लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन ।

आइएमएफका आवासीय प्रतिनिधिबीच भएको भेटवार्तामा उनले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गरेका हुन। अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गरेका हुन।

सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिए । उनले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताए ।

सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताए । साथै उनले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।