अरुण काबेलीको सेयर मूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

0
Shares

अरुण काबेली पावर कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको शतप्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता २१७ रूपैयाँ ७५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३५ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

आइतबार समायोजित सेयर मूल्यलाई आधार मानेर अब सोमबार अरुण काबेली पावरको धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।