टाटा मोटर्सले बेच्यो ५ लाख थान ‘टाटा टियागो’

0
Shares

भारतको अग्रणी टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका ५ लाख वटा गाडीहरु बिक्री गरेको छ । सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले सात वर्षको छोटो अवधि उक्त सफलता हासिल गरेको जनाएको हो ।

उल्लेखित कुल पाँच लाखमध्येका १ लाख गाडीहरु केवल १५ महीनामा बिक्री भएको थियो । टियागोले ‘नेट प्रोमोटर स्कोरमा’ पनि ५१ अंक हासिल गरेको छ जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो । यस्तै टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरु जितेको छ । यी उपलब्धिहरुले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट, एवं सुरक्षाको दृष्टिकोणले अब्बल भएको पुष्टि गर्ने कम्पनी बताउँछ ।

सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको थियो । नेपाली बजारमा पनि टाटा टियागोको बजार तिब्र ढंगले बढेको बताइन्छ । नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडी मा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा पर्न सफल भएको छ ।

विशेषतः भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका अघि बढिरहेका युवावर्गको ९औसत उमेर ३५ वर्ष पहिलो रोजाईमा यो परेको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य छ ।

‘टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता र अतुलनीय आरामको सुनिश्चितता गर्दछ । त्यसैले नेपाली ग्राहकहरुले मन मस्तिष्कमा यसको अमेट्य छाप छोड्न सफल भएको छ ।’ कम्पनीले भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।