हिमालयन लाइफ इन्स्योरेन्सद्धारा एक करोड मृत्यु दावी भुक्तानी

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क एक करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा तीन बर्ष अघि एक करोड रुपैयाँको जीबन बीमा गर्नु भएको देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो । कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेको हो ।

कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने बताएका छन् । कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।