प्रभु इन्स्योरेन्सले घोषणा गर्यो गत आर्थिक बर्षको लाभांश

0
Shares

प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ११.३२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले ५ करोड २ लाख ५३ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर र ११ करोड ३७ लाख ७४ हजार ६०३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

बोनस वितरण पश्चात भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ५३ लाख २९ हजार पुग्नेछ ।