नेपाल टेलिकमको ‘समर अफर’ सार्वजनिक

0
Shares

नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । टेलिकमले आजदेखि लागू हुनेगरी ‘समर अफर’ ल्याएको जानकारी दिएको छ ।

यसमा सेवाग्राहीको रुची र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको बताइन्छ । एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई पनि थप आकर्षक बनाइएको छ ।

अफरअन्तर्गत पाँच सय रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी अलटाइम डाटा प्याक अब २० जिबी उपलब्ध हुनेछ । आठ सय रुपैयाँमा २५ जिबी उपलब्ध भइरहेकोमा भने अब ३५ जिबी डाटा प्याक उपलब्ध हुने कम्पनीले बताएको छ ।

यता, प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो दुई सय ९९ रुपैयाँको प्याकमा १५० मिनेट अननेट भ्वाइसकल, २ जिबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जिबीको सट्टा ४ जिबी डाटा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड सात सय ९९ रुपैयाँको प्याकअन्तर्गत भने सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले मेसिन टु मेसिनको सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राख्दै यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ ।

जसअन्तर्गत ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको दाबी छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिदैँ आएको फेयर युजेज पोलिसीबमोजिम तोकिएको परिमाण उपभोगपछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट पनि बढाइएको छ ।

समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *१४१५*१# डायल गर्नुपर्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।