आइएमई लाइफको आईपीओ बाँडफाँडको नतिजा यसरी हेनुहोस्

0
Shares

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज असार ३० गते शनिबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ९ लाख ६० हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले ९६ लाख कित्ता सेयर हात पारेका छन् ।

आईपीओमा कुल ११ लाख ९५ हजार ९३२ जनाले सेयर भरेकामा रितपुर्वक नजरेका कारण ६ हजार ९३६ वटा आवेदन रद्द गरी ११ लाख ८८ हजार ९९६ जनालाई बाँडफाँडमा सहभागि गराइएको थियो । सोमध्ये ९ लाख ६० हजारले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पार्दा २ लाख २८ हजार ९९६ जनाले सेयर प्राप्त गर्न सकेनन् ।

आईएमई लाइफको आईपीओ बाँडफाँड, ९ लाख ६० हजार जना बने सेयरधनी

कम्पनीको आईपीओ बाँडफाँडको नतिजा प्रकाशन भएपछि निम्न अनुसार हेर्न सकिन्छ ।

१. सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्नको लागि सञ्चालन गरेको वेवसाइट
२.सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडको वेवसाइट
३. सिडीएससीको मेरो सेयरको मोबाइल एप तथा वेवसाइटबाट आईपीओ भरेको एप्लीकेशन रिपोर्ट
४. सेयर निष्काशनकर्ता कम्पनी आईएमई लाइफ इन्स्योरेन्सको वेवसाइट

 

कम्पनीले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो । कुल १ करोड २० लाख कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको थियो । बाँकी ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बाँडफाँड भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।