रैराङ हाइड्रोपावरको लाभांश विनाको साधाण सभा सम्पन्न

0
Shares

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो १५ र १६ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।

बानेश्वर ब्याङक्वेट थापाथली, काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन लगायतको प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले हाइड्रोपावर कम्पनीको सञ्चालक समित पनि चयन गरेको छ।

कम्पनीले ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलामा ९.९ मेगावाट आयोजना निमार्ण गरेको छ । रैराङ हाइड्रो पावरले औपचारिक उत्पादन थालेपछि उक्त आयोजना बाट उत्पादिन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले प्रभावित जिल्ला ताप्लेजुङ र पाँचथरका सर्वसाधारणका लागि १० प्रतिशत शेयर बिक्री गरिसकेको छ ।

त्यस्तै, उक्त आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रो पावर कम्पनीको र ५० प्रतिशत भने सञ्चालक तथा संस्थापक शेयर धनीको लगानी छ।