नागरिक लगानी कोषले सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल दिने

0
Shares

नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८÷७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आवको चैत मसान्तसम्मको मौज्दातमा अतिरिक्त १.५ प्रतिफल दिने भएको हो । यसभन्दा अघि पनि कोषले १.५ प्रतिशत थप प्रतिफल दिएको थियो ।

प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रमहरु मध्ये कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागिहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । यस्तै उनले अन्य ६ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने बताए ।

कोषले कर्मचारी वचत वृद्धि अवकाश कोषका साथै नागरिक एकांक योजना, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना, राष्ट्रसेवक बीमा कोष योजना, नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष र नागरिक पेन्सन योजनाका सहभागीहरुलाई थप १.६ प्रतिशत प्रतिफल दिने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।