प्रकाशकीयः नोटबजार पाँचौं वर्षमा प्रवेश


आर्थिक क्षेत्रमा केन्द्रित भई तथ्यपरक समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको नोटबजार डटकमले २०८० साउन १ गतेदेखि यात्राको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । यस सुखद घडीमा नोटबजार परिवार आमपाठक, समाचार स्रोत, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैप्रति आभारी छ ।

आर्थिक विषयलाई मुख्य विधा बनाएर गरिने पत्रकारिताको इतिहास धेरै लामो छैन । त्यसमा पनि अनलाइन माध्यमबाट हुने यस किसिमको पत्रकारिताको इतिहास झनै छोटो छ । प्रविधिको विकाससँगै हरेक व्यक्तिको हात हातमा समाचारको पहुँच पुगिरहेको वर्तमान सन्दर्भमा पाठकको सही सूचनाको उपलब्धता पनि चुनौतीपूर्ण बन्दै गएको सर्वविदितै छ ।

यही चुनौतीलाई नजिकबाट अनुभुत गरेर “कमिटेड फर एक्यूरेसी” अर्थात “तथ्य सूचनामा प्रतिबद्ध” हुने प्रण गर्दै नोटबजारको परिकल्पना गरिएको थियो । आमपाठकलाई तथ्यपरक सूचना उपलब्ध गराउने नोटबजारको प्रयासले आज चौथो बसन्त पार गरेको छ । यस अवधिमा नोटबजारमा प्रकाशन भएका समाचार समाग्रीको हामीले गरेका प्रतिवद्धता कति पुरा गर्यांै कति बाँकी छ, यसको मूल्याङकन आमपाठकहरुले नै गर्दै आउनु भएकै छ । विगतमा जस्तै आगामी दिनमा पनि आमपाठकहरुबाट आएको सुझावलाई रचनात्मक रुपमा प्रस्तुत गर्ने विश्वास दिलाउन चाहन्छौं ।

यस अवधिमा तथ्य र तथ्यांकमा आधारित रहेर आमपाठकहरुलाई अर्थतन्त्रका विविध पक्षहरुमा सूसुचित गर्ने मात्र नभई सम्बन्धित निकायलाई खबरदारी गर्ने काममा थप शशक्त बन्न प्रेरणा मिलेको छ । आमपाठक तथा सम्पुर्ण सरोकारवालाहरुबाट पाएको अगाध विश्वास, स्नेह र सहयोगले नोटबजारलाई आगामी दिनमा थप जिम्मेवार बनाएको छ । आमपाठकले दिएको जिम्मेवारी शिरोपरी गरेर नै आगामी दिनमा पनि आर्थिक बिषयवस्तुमा नै केन्द्रित रहेर कलम चलाउनेमा दृढ रहेको स्पष्ट पार्न चाहन्छौ ।

– अध्यक्ष, नोटबजार प्रालि नोटबजार एवं परिवार ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।