एनआईसी एशिया बैंकले एसटुएमको सेलेक्ट सिस्टम ‘इएफटी’ स्वीच प्रयोगमा ल्याउने

0
Shares

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिस्टम (इएफटी) स्वीच प्रयोगमा ल्याउने भएको छ ।

बैंकले कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्न एसटुएम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता गरेको जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरे ।

बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने इ कमर्श कारोबार सहज रुपमा गर्न सक्ने बैंकले जनाएको छ।

सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान र एसटुएम द्दः मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरे ।

उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल मुलुकभरका ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।