मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित

0
Shares

मुक्तिनाथ विकास बैंकले लगातार चौथोपटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुको तर्फबाट गोल्ड अवार्ड हात पारेको छ ।

आइक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२२) विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/०७९ का लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरि लगातार चौथो पटक पुरस्कृत भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र उर्जा क्षेत्र तथा निर्माण क्षेत्र रहेका छन् ।

विकास बैंक र वित्त कम्पनीहरुमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।

शुक्रबार , काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।