सातामा साढे दुई अर्बको कारोबार

0
Shares

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक ३७ बिन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय ग¥यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर रु दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ मूल्यमा खरीद बिक्री भए। कारोबारका आधारमा रु दुई अर्ब माथि पुगेको यो धेरै पछि हो।

पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो। साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ बिन्दुमा पुगेको थियो। कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरीद बिक्री भए।

यस्तै साताको दोस्रो दिन सोमबार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुग्यो। सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भए।

उकालोको यात्रा तय गरेको नेप्सेले मङ्गलबार पनि सोही गति पछ्यायो। सो दिन नेप्सेमा २.४८ विन्दुले सुधार भई एक हजार १५१.३६ बिन्दुमा पुग्यो। कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरीद बिक्री भए।
बुधबार नेप्से परिसूचक १० अङ्कले बढ्यो। कूल १०।११ अङ्कले बढेर एक हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरीद बिक्री भए।

यस्तै साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई बजार बन्द भयो। सो दिन नेप्से ११.१७ अङ्कले बढेर नेप्से एक हजार १७२.६४ पुग्यो । परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी भयो। कूल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरीद बिक्री भए।