नेपालले उच्च निर्यात गर्ने मुलुकसँगै उच्च व्यापार घाटा, कुन देशसँग कति ?

0
Shares

नेपालले विश्वका १७० भन्दा बढी मुलुकसँग वस्तु तथा सेवा आयात तथा निर्यात गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो ।

अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा नेपालले कुल १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ मा सीमित भएको देखिएको हो ।

सीमित वस्तुको आयात तथा निर्यात हुने केही मुलुकसँग सानो रकमको व्यापार नाफा भएको देखिए पनि अधिकांश मुलुकसँग नेपाल व्यापार घाटाको अवस्थामा छ। विभागको तथ्याङ्क अनुसार नेपालले धेरै निर्यात गर्ने शीर्ष १२ मुलुकहरुसँग नेपाल व्यापार घाटाको अवस्थामा छ ।

नेपालले धेरै निर्यात गर्ने शीर्ष १२ मुलुकहरुसँगै उच्च व्यापार घाटा

नेपाल सबै मुलुकसँग साढे १४ खर्ब बढीको व्यापार घाटाको अवस्थामा रहँदै गर्दा सबैभन्दा धेरै निर्यात तथा आयात गर्ने मुलुक भारत रहेको छ ।

भन्सार विभागको एक वर्षको तथ्याङ्क अनुसार नेपालले भारततर्फ १ खर्ब ६ अर्ब ६८ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । उक्त अवधिमा नेपालले भारतबाट १० खर्ब २७ अर्ब ८४ करोड ७५ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । उल्लेखित आंकडाका आधारमा नेपालको भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब १६ करोड ११ लाख ३७ हजार रुपैयाँ छ ।

नेपालले धेरै निर्यात गर्ने मुलुकको दोस्रो स्थानमा रहेको चीनसँग नेपालले २ खर्ब २० अर्ब ९५ करोड १ लाख ४६ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । चीनबाट २ खर्ब २२ हर्ब ७१ करोड ५९ लाख ३३ हजार रुपयाँ बराबरको आयात गर्दा १ अर्ब ७६ करोड ५७ हजार ८६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ।

यस्तै सबैभन्दा बढी व्यापार घाटा हुने देशको तेस्रो स्थानमा इन्डोनेसिया रहेको छ। इन्डोनेसियाबाट एक वर्षका अवधिमा ४१ अर्ब ८२ करोड ५५ लाख ४७ हजार रुपैयाँ बराबरको आयात हुँदा ३१ करोड ४२ लाख १६ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । त्यसैले उक्त देशसँग नेपालले ४१ अर्ब ५१ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ ।

यता चौथो स्थानमा रहेको युनाइटेड अरब इमिरेट्ससँग नेपालको व्यापार घाटा ३१ अर्ब १३ करोड १ लाख ५८ हजार रुपैयाँ रहेको छ । उक्त देशमा नेपालले १ अर्ब ७ करोड ९८ लाख ९१ हजार रुपैयाँ बराबरको सामान पठाउँदा ३२ अर्ब २१ लाख ४८ हजार रुपैयाँ बराबरको सामान ल्याएको छ ।

यस्तै अर्जेन्टिना व्यापार घाटाको पाँचौ स्थानमा रहेको छ । नेपालले अर्जेन्टिनासँग २४ अर्ब ८५ करोड ६७ लाख ७३ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको हो । सो देशले २४ अर्ब ८६ करोड ४१ लाख ६० हजार रुपैयाँ बराबरको आयात गर्दा ७३ लाख ८८ हजार रुपैयाँ बराबरको निर्यात गरको छ ।

यता छैँठौ स्थानमा रहेको मलेसियामा नेपालले ३१ करोड २४ लाख ६५ हजार रुपैयाँ बराबरको वस्तु तथा समान विर्यात गरेको छ । जबकी मलेसियाबाट नेपालमा २२ अर्ब ४० करोड ६९ लाख ८३ हजार रुपैयाँ बराबरको आयात गरेको छ । उक्त देशसँग नेपालले २२ अर्ब ९ करोड ४५ लाख १८ हजार रुपैयाँ बराबरको नोक्सानी व्यहोरेको छ ।

यता सातौँ स्थानमा रहेको युक्रेनसँग नेपालले १८ अर्ब ४२ करोड ३८ लाख १२ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । युक्रेनमा नेपालले १ करोड ८ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान पठाउँदा सोही अवधिमा उक्त देशबाट १८ अर्ब ४३ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको आयात गरेको छ ।

आठौं स्थानमा रहेको अष्ट्रेलियातर्फ नेपालले एक वर्षमा १८ अर्ब ६० करोड १२ ७६ हजार रुपैयाँको निर्यात तथा १ अर्ब ६१ करोड ४ लाख ८ हजारको आयात गर्दा १६ अर्ब ९८ करोड ७२ लाख ६८ हजार रुपैयाँको व्यापार घाटा भएको छ ।

गत आर्थिक वर्षमा व्यापार घाटा हुने अर्को देश कतार हो । कतारबाट १३ अर्ब ३० करोड ६९ लाख १६ हजार रुपैयाँ बराबरको आयात हुँदा ११ करोड ६ लाख ८८ हजारको निर्यात भएको छ । उक्त देशसँग नेपालको व्यापार घाटा १३ अर्ब १९ करोड ६२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

दशौं स्थानमा रहेको थाइल्याण्डतर्फ ११ अर्ब २८ करोड ९८ लाख ८४ हजार रुपैयाँको निर्यात तथा ७ करोड ५२ लाख ७९ हजार रुपैयाँको आयात भई एक वर्षमा नेपाललाई ११ अर्ब २१ करोड ४६ लाख ५ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

एघारौं स्थानमा रहेको ओमानतर्फ १ अर्ब ७ करोड ३५ लाख ८३ हजार रुपैयाँको आयात तथा ३० करोड ३९ लाख ३६ हजारको निर्यात भई नेपाललाई १० अर्ब ७० करोड ५ लाख ४४ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।

सूचीको बाह्रौं स्थानमा रहेको साउदी अरेबियातर्फ ८६ लाख ९८ हजार रुपैयाँको निर्यात तथा १० अर्ब ४ करोड ६७ लाख ८ हजार रुपैयाँको आयात भई नेपाललाई १० अर्ब ३ करोड ८० लाख १० हजार रुपैयाँको व्यापार घाटा भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।