आइएमई जनरल इन्स्योरेन्सले घोषणा गर्यो गत आर्थिक बर्षको लाभांश

0
Shares

आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनी संचालक समितिको मंसिर २७ गते बसेको ८५ औं बैठकले ६ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रहेको छ । जस अनुसार इन्स्योरेन्सले ६ करोड १२ लाख ३६ हजार बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख २२ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद वितरण गर्नेछ ।

बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।