घोडीघोडा लघुवित्तले २० प्रतिशत हकप्रद बिक्री गर्ने

0
Shares

घोडीघोडा लघुवित्तले चुक्ता पूँजी बढाउन २० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर पुस २६ गते धनगढीको शुभश्री प्यालेसमा साधारणसभा आह्वान गरेको छ ।

साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतको दरले ५५ हजार २ सय ५० कित्ता हकप्रद निष्काशन गर्ने प्रक्रिया अघि बढाउने छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ करोड ७६ लाख छ । कम्पनीले चुक्ता तथा जारी पूँजी वृद्धि गरी ३ करोड ३१ लाख ५० हजार पु¥याउने प्रस्ताव रहेको छ।

साधारण सभाले वित्तीय विवरणहरु पारित गर्नुको साथै संचालकहरुको लागि निर्वाचन समेत गर्ने छ । त्यस्तै कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश बनाउने, रेमिटेन्स सम्बन्धि काम गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, लगायतका विशेष प्रस्ताव पनि सभामा पेश हुनेछन् ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस ७ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ।