शुक्रबार सुनको भाउ ९ सय र चाँदी ४० रुपैयाँले घट्यो


साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको भाउ तोलाको ९ सय रुपैयाँले घटेको छ । तीन दिनमा १५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ९ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख १३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ १ लाख १२ हजार ९५० रुपैयाँ रहेको थियो ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी हिजो १४ सय ९० रुपैयाँ निर्धारण गरिएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५२ दशमलव १२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव २२ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।