नेशनल माइक्रोको ८० % लाभांश पारित, ५० प्रतिशत हकप्रद बिक्री गर्ने

0
Shares

नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठो बार्षिक साधारणसभाले गत आर्थिक बर्षको प्रस्तावित ८० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

आइतबार धादिङ्गको क्रिक रिसोर्टमा सम्पन्न साधारण सभाले आ.व.२०७५।०७६ को नाफा वाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस गरि कुल ८० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

संस्थाले २०७६ मंसीर सम्ममा देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरि ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ ।

यस्तै यस अवधीमा संस्थाले ५५ हजार भन्दा बढि सदस्यहरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि ४ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।