नाफा सुरक्षित गर्न अल्पकालीन कारोबारी हाबी हुँदा नेप्सेमा दोहोरो अंकको गिरावट

0
Shares

लगातार आठ कारोबार दिन बजार बजार बढ्दा ६१ अंक माथि उक्लिएको नेप्सेमा अल्पकालीन कारोबारीहरु नाफा सुरक्षित गर्न सक्रिय हुदाँ दोस्रो दिन पनि बजारमा गिरावट आएको छ ।

अघिल्लो दिन करिब ५ अंकले घटेको नेप्से सूचक सोमबार झण्डै १४ अंकले ओरालो लागेको छ । नाफा सुरक्षित गर्ने क्रममा शेयर बिक्रीमा चाप पर्दा नेप्से सूचक घट्न पुग्यो भने बजारले ओरालो लय समात्दा कारोबार रकमममा समेत गिरावट आएको छ । 

सोमबार नेप्से सूचक १३.७५ अंकले घटेर ११५४.११ विन्दुमा झरेकोे छ । यसदिन १६६ कम्पनीको १३ लाख ७१ हजार कित्ता शेयर ४० करोड ७८ लाख बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको तुलनामा २८ करोड कम हो।

सोमबारको बजारमा कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । यसदिन बीमा कम्पनी, जलविद्युत र अन्य समूहका सूचकमा उच्च गिरावट देखिएको छ । यसदिन पनि एनएमबि बैंकको सबैभन्दा धेरै ४ करोड बढीको शेयरको किनबेच भयो । स्वाबलम्वन लघुवित्त, एनआईसि एशिया तथा नेपाल बैंक लगायतको उच्च कारोबार भएको छ ।

यसदिन दिब्येश्वरी हाइडो र युनियन हाइडोको शेयर मूल्य पाँच प्रतिशत बढीले उकालो लागेको छ । सिटी एक्सप्रेस, सामुदायिक लघुवित्त तथा लक्ष्मी लघुवित्त लगायतको मूल्य बढेको छ ।

सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको शेयर मूल्य ९ प्रतिशत बढीले घटेको बजारमा महुलि लघुवित्त, राष्टिय बीमा कम्पनी, नेपाल हाइडो लगायतको शेयर मूल्य धेरै घटेको छ ।