बुधबार सुन-चाँदीको भाउमा गिरावट


बुधबार सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । मंगलबार १ लाख १३ हजार रुपैयाँ कायम भएको सुनको भाउ आज तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ १ लाख १२ हजार ४५० रुपैयाँ रहेको थियो । साथै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी सोमबार १४ सय ७५ रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४६ दशमलव ६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव ३२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।