देवः विकास बैंकले बहादुरगञ्जमा संचालनमा ल्यायो नयाँ शाखा

0
Shares

देवः विकास बैंकले कृष्णनगर नगरपालिका, वडा नं ८ स्थित बहादुरगञ्जमा मंसीर ३० गते देखि शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले उद्घाटन गरे ।

सो क्रममा शाहले कृष्णनगर क्षेत्रको आर्थिक विकासमा बैकसँग हातेमालो गरी स्थानीय श्रोत परिचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै बैंकले सो शाखा कार्यालय मार्फत सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी क्यासलेश कारोबारलाई बढाउन देवः भिसा कार्डको प्रयोग गर्दा ३ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउन लागेको जानकारी दिए ।

साथै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आन्तरिक पर्यटनको प्रबद्र्धनका लागि सेवाग्राहीहरुलाई निःशुल्क भिसा डेविट कार्ड र ई बैंकिङ्ग सेवा उपलब्ध गराइने जानकारी समेत दिए ।