मुक्तिनाथ विकास बैंकका पूर्व सिईओ ढकाल अध्यक्ष चयन, लाभांश पारित

0
Shares

मुक्तिनाथ विकास बैंकको मंसिर ३० गते पोखरामा सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको लाभांश पारित गर्नुका साथै नयाँ संचालक समिति चयन गरेको छ ।

साधारण सभाले आ.व. ०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १७.६० बोनश शेयर र कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश सहित १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले केही समय अघि निष्काशित २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुुसार मंसिर २२ गते आइतबारसम्म बैंकका शेयर धनीले लाभांश पाउनेछन् ।

बैंकको साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा विलय प्रकृयालाई पनि अघि बढाउन उपयुक्त संस्थाको खोजी तथा प्रकृया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

३ अर्ब ६७ करोड ७७ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात चुक्ता पूँजी ४ अर्ब ३२ करोड रुपैयाँ नाघ्नेछ

साथै बैंकको वार्षिक साधारण सभाले बैंकका संस्थापक कार्यकारी प्रमुख भरतराज ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिमा गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र  चयन भएको बैंकका प्रमुख सूचना अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।