नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १३ जनाको नाममा रहेको ३ लाख ७६ हजार २०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यो पटकको लिलामीमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिइएको छ ।
उक्त कित्ता सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर खरिद गरिने बैंकले जनाएको छ ।
इच्छुक संस्थापक सेयरधनीले आज साउन १८ गतेदेखि ३५ दिनभित्र सेयर शाखा, लाजिम्पाट काठमाण्डौंमा आवेदन दिन सक्ने बताइएको छ । आवेदन फारममा आफुले खरिद गर्न चाहेको कित्ता संख्या र रकम स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया