स्पर्स लघुवित्तले पुस १० गतेदेखि बुकक्लोज गर्ने

0
Shares

स्पर्स लघुवित्त वित्तीय संस्थाले पुस २७ गते हुने बार्षिक साधारण सभाका लागि पुस १० देखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । लघुवित्तको मंसिर २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीका अनुसार अब पुस ९ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र गत आव २०७५।०७६ को मुनाफाबाट प्रस्तावित १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ छ । बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार पुग्नेछ।