छापावाला सुन किन्न १ लाख १२ हजार २ सय खर्चिनुपर्ने


शुक्रबार छापावाला सुन किन्न १ लाख १२ हजार २ सय रुपैयाँ खर्चिनु पर्ने भएको छ । बिहीबार १ लाख १२ हजार २ सय रुपैयाँमा कायम भएको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । तेजावी सुन हिजो पनि सोही भाउमा कारोबार भएको थियो । साथै, आज चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँमा कायम भएको छ । हिजोको तुलनामा आज पनि चाँदी स्थिर छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३४ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ साउन २०८०, शुक्रबार  १० : ४२ बजे