साताको पहिलो कारोबार दिन ३ सय रुपैयाँले बढेको सुनको भाउ आज सोमबार भने १ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको भाउ १ लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबिच चाँदीको भाउ तीन दिनदेखि स्थिर छ । बिहीबार १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३८ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया