मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ९५ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ ०२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९८ पैसा र बिक्री दर २९ रुपैयाँ ११ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २१ पैसा र बिक्री दर ३५ रुपैयाँ ३७ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा छ भने बिक्री दर १० रुपैयाँ १५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार  ०६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।