असारमा प्रतिकेजी १० रुपैयाँमा पनि बिक्री नभएको टमाटर अहिले १८० मा पनि पाउन मुस्किल


कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार टमाटरको भाउ प्रतिकेजी १६० रुपैयाँ पुगेको छ । यो न्युनतम मूल्य हो । अधिकतममा टमाटर प्रतिकेजी १८० रुपैयाँ पुगेको छ ।

असारको पहिलो साता तिर १० रुपैयाँमा बिक्री हुन धौँ धौँ परेको टमाटरको भाउ अहिले १८० रुपैयाँसम्म पर्न थालेको हो । असार ३ गते मूल्य नपाएको भन्दै केही व्यापारीहरुले गोलभेंडा फालेर विरोध गरेका थिए ।

त्यसपछि उकालो लाग्न थालेको गोलभेंडाको मूल्य अहिलेसम्म बढ्ने क्रम रोकिएको छैन । यस्तै असार १ मा प्रतिकिलो ५ रुपैयाँ ८० पैसा मूल्य रहेको गोलभेंडा सानो (लोकल) अहिले अधिकम मूल्य ८० किनबेच भइरहेको छ । होलसेलमै मूल्य बढेपछि खुद्रामा पनि सोहीअनुसार मूल्य वृद्धि भइरहेको छ ।

यता बजारमा टमाटरको भाउ वृद्धि भएसँगै कतिपय व्यापारीले टमाटर बिक्रीको लागि नै राखेका छैनन् । त्यसले गर्दा उपभोत्तालाई १८० रुपैयाँ खर्च गर्दा समेत टमाटर पाउन मुस्किल भएको छ ।

नेपालमा उत्पादन कम भएको र वर्षले गर्ला उत्पादन भएको टमाटरलाई पनि क्षती गरेको हुनाले टमाटरको भाउ अचाक्ली बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । ‘अहिले गोलभेंडाको अफ सिजन हो । त्यसैले भाउ बढ्यो, उनले भने । यता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सीमा नाकाबाट तस्करी भइरहेकोले टमाटरको भाउ बढेको बताउँछन् । नाकाबाट तस्करी नियन्त्रण गरे टमाटरको भाउ अलि घट्ने उनको भनाइ छ ।

बुधबार कुन तरकारीको भाउ कति छ

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६० रुपैयाँ, अधिकतम १८० रुपैयाँ रहेको छ । टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ८० रहेको छ भने अधिकतम ९५ रुपैयाँ रहेको छ । यता गोलभेडा सोनो (लोकल) भने न्युनतम ६५ रुपैयाँ र अधिकतम ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातोको न्युनतम मूल्य ४८ रुपैयाँ, मुडे आलु रातो ४० रुपैयाँ, भारतीय आलु रातो ३५, सुकेको प्याज (भारतीय) ५३ रुपैयाा रहेको छ । गाँजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ६०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यस्तै लौका ५०, हरियो फर्सी ६० र घिरौला २५ घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, भन्टा लाक्चो ३० रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, हरियो प्याज ८०, कुरीलो प्रतिकेजी ३५० रुपैयाँका खरिद बिक्री भइरहेको छ ।

समितिका अनुसार केरा दर्जनको १४०, अनार ३२० रुपैयाँ, नासपाती लोकल ७०, चइनीज नासपाती ३००, किवि ७००, एभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४०० रुपैयाँ कायम छ । यस्तै, मालदह आँप १८०, चोसा आँप १६०, तरबुजा ७० रुपैयाँ रहेको छ । हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, भेडे खुर्सानी ७० रुपैयाँ, हरियो लसुन ९० रुपैयाँ, सुकेको लसुन २४० रुपैयाँ रहेको छ ।

हरियो धनिया १५०, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २७०, रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० रुपैयाँमा कारोबार भइरहेको खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।