सुनको मूल्यमा लगातार गिरावट, बुधबारको भाउ कति ?


साउन २१ गतेबाट सुनको भाउमा लगातार गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घट्दा नेपाली बजारमा पनि त्यसको असर देखिन थालेको हो । आज बुधबार छापावाला सुन १ लाख १२ हजार रुपैयाँ तोकिएको छ ।

साउन २१ गते सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । त्यसको भोलीपल्ट अर्थात साउन २२ गते १ सय रुपैयाँ घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम थियो ।

यस्तै साउन २३ गते ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको सुन आज फेरी १ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । हिजो १४ सय रुपैयाँ रहेको चाँदी आज १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३० दशमलव १९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ साउन २०८०, बुधबार  १० : ४८ बजे