हाथवे इन्भेष्टमेण्टको आइपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा


हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओ विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म आवेदन खुलाएको थियो । कम्पनीले प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात २ लाख ९२ हजार ५०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहिरहेको नेपाली नागरिकहरुका छुट्टाइएको थियो ।

कुल २ लाख ९२ हजार ५०० कित्ता सेयरको लागि जम्मा २७ हजार २३६ जना आवेदनहरुबाट १४ लाख १७ हजार ४४० कित्ता सेयरको लागि दरखास्त प्राप्त भएको थियो । जसमध्ये २६० कित्ता सेयर रद्द गरी २७ हजार २३१ जना आवेदकहरुबाट प्राप्त भएको १४ लाख १७ हजार १८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

जसमा २० कित्तादेखि एक लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा मार्फत २० किताका दरले बाँडफाँड गरिएको छ ।

त्यसैगरी सामूहिक लगानी कोषहरुको लागि निष्कासन गरिएको २९,२५,००० कित्ता साधारण सेयरको ५ पतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर १३ वटा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित ४३ वटा सामुहिक लगानी कोषका योजनाहरुलाई समानुपातिक रुपमा बाँडफाँड भैसकेको छ ।

नतिजा हेर्ने तरिका

उक्त बाँडफाँडको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइट www.globalimecapital.com.np तथा निष्काशनकर्ता कम्पनीको वेभसाइट www.hathwaynepal.com.np र सिडिएस एण्ड क्लियरिङ्ग लि. को वेभसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।