माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई कुल १ लाख ३६ हजार ३६४ कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।
माण्डु हाइड्रोपावरले जारी पूँजीको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये २ लाख ७२ हजार ७३० कित्ता सेयर अति प्रभावित क्षेत्रका वासिन्दाका लागी निष्काशन गरेको हो ।
आइपीओमा अति प्रभावित क्षेत्र (ललितपुर जिल्लाको वागमती गा. पा. वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गा.पा. वडा नं. ५,६,७ र ८ तथा ईन्द्र सरोवर गा.पा. वडा न. ३) का स्थानिय वासिन्दाले आवेदन दिन पाउने छन् । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्कमा आई पनि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया