बिना दर्ता सञ्चालनमा रहेका टिकट काउन्टर हटाउँदै महानगर


काठमाण्डौं महानगरपालिकाले दर्ता नगरीकनै सञ्चालन गरेका टिकट काउन्टर नियन्त्रण गर्ने भएको छ । महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै यस्तो काउन्टरहरु भदौ १ गतेदेखि हटाउने जनाएको हो ।

महानगरपालिकाले दर्ता नभएका टिकट काउन्टरलाई साउन ३२ गतेसम्म दर्ता गर्न निर्देशन दिएको छ । जथाभाबी खुलेको टिकट बुकिंङ काउन्टरहरुलाई व्यवस्थित गरि ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त र यात्रीमैत्री बनाउनका निम्ति दर्ता अनिवार्य गरिएको महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

महानगरभित्र आफूखुसी टिकट काउन्टर सञ्चालन गर्न नपाइने भन्दै यस्तो गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।  महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘तोकिएको मापदण्ड अनुरुपको टिकट बुकिंङ कार्यालय व्यवासायिक ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा अनिवार्य रुपमा दर्ता गर्नु\गराउनु ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०८०, शुक्रबार  ०७ : ५० बजे