नागरिक लगानी कोषको उच्च पुँजी वृद्धिले इपीएसमा संकुचन, धितोपत्रमा लगानी पौने १० अर्बले बढ्यो

0
Shares

नागरिक लगानी कोषले खुद नाफामा राम्रै वृद्धि गरेको प्रति सेयर आम्दानी (इपीएस) मा भने गिरावट देखिएको छ । चुक्ता पुँजीको उच्च वृद्धिको तुलनामा खुद नाफा वृद्धिदर कम हुँदा कोषको प्रति सेयर आम्दानी भने अघिल्लो आवको तुलनामा घट्न पुगेको हो ।

कोषले अघिल्लो दुई आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर एकै आर्थिक वर्षमा पुँजीकरण हुँदा प्रति सेयर आम्दानी भने नाफा बढेपनि घटेको हो । कोषले आव २०७७/७८ बाटचुक्ता पुँजीको ३० प्रतिशत तथा आव २०७८/७९ मा २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ६२.५० प्रतिशतले बढ्दा इपीएस ३ रुपैयाँ २२ पैसा घटेको हो । असार मसान्तसम्म कोषको पुँजी ३ अर्ब २७ करोडबाट बढेर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार र इपीएस २० रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसा कायम भएको छ । कोषको जगेडा कोष १६.७८ प्रतिशत बढेर २२ अर्ब २६ करोड ९४ लाख ९० हजार पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कोषको खुद नाफा अघिल्लो आवको तुलनामा ३६.७४ प्रतिशत बढेर ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कोषले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा कोषको ब्याज आम्दानी १२.५१ प्रतिशत बढेर ४० करोड ४९ लाख ८१ हजार पुग्दा सेवा शुल्क तथा कमिशन आयमा १०.४९ प्रतिशत वृद्धि गरेर १ अब ३७ करोड ९७ लाख ५० हजार संकलन गरेको छ । यस्तै कोषको कुल खर्च ०.१९ प्रतिशत घटेर ६० करोड १८ लाख ८ हजार कायम भएको छ ।

असार मसान्तसम्ममा कोषको प्रति सेयर नेटवर्थ पनि २२३ रुपैयाँ ८० पैसाबाट घटेर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ । कोषको असार मसान्तको अन्तिम मूल्यको तुलनामा आम्दानी अनुपात (मूल्य आम्दानी अनुपात) १२२.३० गुणा छ ।

धितोपत्रमा लगानी पौने १० अर्ब बढ्यो, मुद्दती निक्षेपमा सवा खर्ब लगानी

गत आर्थिक वर्षमा कोषले विभिन्न सूचीकृत कम्पनीहरुको धितोपत्र गरेको लगानी ९ अर्ब ७५ करोड ६० लाख १२ हजार रुपैयाँले वृद्धि भएको छ । गत आवको अन्त्यसम्म कोषको संगठित संस्थाको सेयरमा रहेको लगानी २९ अर्ब ४२ करोड ५९ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो लगानी १९ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ थियो ।

साथै गत आवमा कोषले नेपाल सरकारको ऋणपत्रमा समेत ५० करोड लगानी थपेको छ । अघिल्लो आवमा यस्तो लगानी थिएन । कोषले सहायक कम्पनीको रुपमा स्थापना गरिउको नागरिक स्टक डिलरमा २ अर्ब ५५ करोड लगानी गरेको छ ।

कोषले गत आवमा १ खर्ब १४ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम १ खर्ब ३ अर्ब ४३ करोड रुपैयाँ थियो । यस्तै बैंक मौज्दातमा ३ अर्ब ८२ करोड १५ लाख सञ्चित छ ।

गत आवमा २३ अर्ब २६ करोड ४९ लाख रुपैयाँ सयमकालीन कर्जा लगानी गरेको कोषले ५० अर्ब ५६ करोड ५६ लाख ९ हजार रुपैयाँ सहभागि सापटी तथा आवास कर्जा प्रवाह गरेको छ । कोषसँग चालु सम्पत्ति ३८ अर्ब ४१ करोड ७८ लाख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।