सोमबार यस्तो छ अमेरिकी लगायत अन्य विदेशी मुद्राकाे भाउ


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९६ पैसा र बिक्री दर ८६ रुपैयाँ ३५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा र बिक्री दर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ४१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०८०, सोमबार  ०६ : ०५ बजे