पाँच महिनामा बैंकहरुमा ११४ अर्ब निक्षेप थपिँदा १६१ अर्बले कर्जा बढ्यो

0
Shares

चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकहरुमा एक खर्ब १४ अर्ब निक्षेप थपिएको छ ।

यस अवधिमा बैंकहरुले १६१ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंकहरुले निक्षेप भन्दा ४७ अर्ब बढी कर्जा प्रवाह गरेका छन् ।

चालु आर्थिक वर्षको मंसिर २७ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

गत अषाढ मसान्तसम्म बैंकहरुमा कुल निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो भने त्यस अवधिमा बैंकहरुले कुल २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

गत साता बाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा बिस्तार सात अर्ब रुपैयाँले विस्तार भएको छ ।

मंसिरमा बैंकहरुले ३० अर्ब निक्षेप बढाएर २७ अर्बले ऋण बिस्तार गरेका छन्। मंसिर महिनमा निक्षेपको तुलनामा ऋण बिस्तारको क्रमलाई बैंकहरुले सन्तुलनमा राख्न खोजेका छन् ।