सुनको भाउ बढ्यो, सोमबार तोलाको कति ?


आज सोमबार छापावाला सुन १ लाख ११ हजार ३ सय रुपैयाँ तोकिएको छ । साउन २१ गतेदेखि ओरालो लागेको सुनको भाउ आज भने २ सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको भाउ १ लाख ११ हजार १ सय रुपैयाँ तोकिएकाे थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यसैबिच आज चाँदीको मूल्य स्थिर छ । आइतबार १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१२ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०८०, सोमबार  १० : ४३ बजे